हंस सहकारीद्वारा वार्षिकोत्सवमा मानवसेवा आश्रममा आश्रितलाई खाना खुवाउने कार्यक्रम

चितवन/भरतपुर १, शहीदचोक, नारायणगढमा प्रधान कार्यालय रहेको चितवनको प्रतिष्ठित हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारी नारायणगढस्थित मानवसेवा आश्रममा आश्रितहरुलाई खाना खुवाउने कार्यक्रम राखेको छ । सस्थाले वार्षिकोत्सवको अवसरमा आज साझँ आश्रममा आश्रित लक्ष्मीनारायाणहरुलाई खाना बितरण गरेको हो ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष बाबुराम अधिकारीले एक छाकको खाना बराबरको रकम आश्रमकी सेवीका आरती बुढाथोकीलाई हस्तान्तरण गर्नुभएको थियो । सस्थाका सचिब शारदा शर्मा पौंडेल, सञ्चालकद्वय प्रा.डा. होमनाथ सापकोटा र सूर्य बराल, पदपुर्ति उपसमितीका सदस्य जगन्नाथ न्यौपाने, सस्थाका ब्यबस्थापक नारायाण प्रसाद सापकोटा लगाएतका कर्मचारीको उपस्थितीमा सो खाना रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै सस्थाका उपाध्यक्ष अधिकारीले हसं बहुउद्देश्यीय सहकारीले आफ्नो ब्यबसायीक धर्मका साथ साथै बिगत स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायीत्व पुरा गरिरहेको जानकारी गराउदै मानवीय सेवाका कामहरुमा समेत हसं एककदम अगाडी रहेको जानकारी दिनुभयो । कार्यक्रममा आश्रमका सेविका दिदीले तिलक लगाई कार्यक्रममा स्वागत गर्नु भएको थियो ।

हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा

410179386 1825737994526628 6089267247545609723 n

हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा अन्तर्गत प्रधान कार्यालय नारायणगढका सेयर सदस्यहरुको सभा सभ्य तथा भव्य रूपमा सुसम्पन्न भएको छ ।भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा मंगलबार नारायणगढ स्थित नारायणी कला मन्दिरमा साधारणसभा सम्पन्न भएको हो

संस्थाकाउपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो भने संस्थाका सचिव शारदा शर्मापौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो । राजनीतिमा जस्तै सहकारी क्षेत्रमा पनि खिचातानी हुँदा सहकारीहरु प्रतिको महत्त्व दिन प्रति दिन खस्कदै गएको र छिमेकी राष्ट्र भारत सहकारी कै कारण समृद्व हुँदै गएको उल्लेख गर्नुहुदै नगर उपप्रमुख चित्रसेन अधिकारीले सहकारी विकासोन्मुख देशको मात्र नभई विकसित देशको पनि अर्थ खम्बा भएको प्रष्ट पार्नुभयो ।

410255143 1825737891193305 1382891560065186175 n

साधारणसभामा भरतपुर महानगरपालिका वडा न. १ का वडा अध्यक्ष केशव महर्जनचितवन उद्योग संघका अध्यक्ष सूर्य न्यौपाने, जिल्ला सहकारी संघ लि.का उपाध्यक्ष प्रेमनाथ दुवाडी, सहकारी प्रबर्द्धन शाखा प्रमुख रोजी के.सी. लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो भने चितवन चेम्बर अफ कमर्सका गोपाल भट्टराई, उद्योगबाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संस्था लि.का उपाध्यक्ष जयलाल श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक लि.का प्रबन्धक रामशरण सापकोटा, सगुन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मन्जु भट्ट पाण्डे लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

साथै संस्थाका सेयर सदस्य  खगिसरा खरेलले संस्थाप्रतिको आफ्नो धारणा राख्नुभएको थियो । संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक गोबिन्द प्रसाद पौडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनसचिव शारदा शर्मा पौडेलले आ.व. २०७९/०८० को प्रगति प्रतिवेदन र आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम एवं संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले वित्तीय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सो अवसरमा उत्कृष्ट बचतकर्ता, असल ऋणी, ज्येस्ठ सेयर सदस्य, बाल बचतकर्ता, उत्कृष्ट कर्मचारी गरी २९ जनालाई प्रसंशा पत्र सहित सम्मान गरिएको थियो । साधारणसभामा संस्थागत परिचय दिदै सदस्यहरुले राख्नु भएको जिज्ञासा माथि संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले प्रकाश पार्नु भएको थियो । 

हंसको सहकारी शिक्षा तथा मोवाइल बैंकिङ् सेवा अभिमुखिकरण

चितवन/भरतपुर–१, शहीदचोकमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा तथा मोवाइल बैंकिङग सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम भरतपुर २८, जितपुरमा आइतबार सम्पन्न गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि, सामुदायिक विकासलाई बढावा दिन र आधुनिक प्रविधिलाई आत्मसात् गराउनको लागि संस्थाका जीतपुर सेवाकेन्द्रका सदस्यहरुलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको हो ।

संस्थाका शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष डन्डपाणि रिजाल रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले सहकारी र सामुदायिक विकास बीचको सहजीवी सम्बन्धलाई प्रकाश पार्दै उनले भने “सहकारीहरू हाम्रो समुदायको आर्थिक परिवर्तनको आधार हो र यस्ता कार्यक्रमले प्रत्येक सदस्यलाई महत्त्वपूर्ण वित्तीय साक्षरताको साथ सशक्त बनाउन सहयोग पु¥याउदछ ।”

कार्यक्रमको विशिष्ट अतिथिको रुपमा हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री दिनेशकुमार चुकले डिजिटल उन्नतिले सञ्चालित यस युगमा, हाम्रो मोबाइल बैंकिङ सेवाहरूले तपाइँको औंलाको छेउमा सुविधाहरु प्रदान गर्ने र वित्तीय समावेशीताको संस्कृतिलाई बढावा दिँदै निर्बाध रूपमा खाता र कारोबारहरु सञ्चालन गर्न सकिने बताए । साथै उनले आउदै गरेको भरतपुर भ्रमण वर्ष २०२४ मा पर्यटन विकासको लागि सहकारीहरुलाई पनि समेट्न सम्बन्धित निकायलाई अनुरोध समेत गरे ।

कार्यक्रममा संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक श्री गोविन्द प्रसाद पौड्याल तथा प्रबन्धक नारायण प्रसाद सापकोटाले सेयर सदस्यहरुलाई सहकारी शिक्षा, प्रविधि तथा मोवाइल बैंकिङ्क सेवा सञ्चालन तथा प्रयोगका विषयमा प्रशिक्षण प्रदान गरेका थिए । सो अवसरमा संस्थाका जितपुर सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक देवि प्रसाद पौडेल तथा सदस्य हरिचन्द्र महतोको उपसिस्थति रहेको थियो । जितपुर सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्य नेत्र प्रसाद आचार्यले स्वगत मन्तव्य राखेका थिए भने उक्त कार्यक्रमको सञ्चालन शिक्षा उपसमितिका सदस्य बिदुर के.सी.ले गरेका थिए । कार्यक्रममा जीतपुर सेवाकेन्द्रका ६२ जना सदस्यको सहभागिता रहेको थियो ।

हंसको व्यवसायीसंग भेटघाट तथा शुभकामना कार्यक्रम

२४ असोज, भरतपुर–

भरतपुर–०१, शहीदचोक, नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थानीय व्यवसायीसंग भेटघाट तथा विजयादशमी बिशेष शुभकामना आदान प्रदान कार्यक्रम बुधबार नारायणगढमा सम्पन्न गरेको छ । सदस्यसंग नजिकको सम्बन्ध राख्ने तथा सदस्य बिस्तार गर्ने संस्थाको वार्षिक कार्यक्रम अनुसार नारायणगढ बजार क्षेत्र अन्तर्गत गंगोत्री मार्ग र जुन हल रोडका व्यवसायीको उपस्थितिमा सो कार्यक्रम गरिएको थियो ।

IMG 5101 copy

कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले  व्यवसायीका सुख दुखमा सधै साथ रहेको र वर्तमान असहज परिस्थितिमा पनि हंसले व्यवसाय विस्तार गर्नको लागि नियमित कर्जा प्रवाह गरी रहेको बताए । कार्यक्रममा संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले संस्थाको संक्षिप्त जानकारी सहित संस्थाबाट प्रदान गरिएका सेवा सुबिधाको बारेमा प्रस्तुतीकरण गरेका थिए । सहकारीको वर्तमान अवस्था, स्थानीय व्यवसायमा परेको प्रभाव र खेलिरहेको आर्थिक गतिशीलताका बारेमा विस्तृत जानकारी सहित  आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न संस्था प्रतिबद्ध रहेको बताए । उनले संस्थाले हाल चार ओटा अस्पताल र दश ओटा व्यावसायिक संघ संस्थासंग सम्झौता गरी सदस्यहरुलाई छुट सेवा प्रदान गरिरहेको जानकारी दिए ।

IMG 4980 1

कार्यक्रममा संस्थाका लेखा समिति संयोजक गोविन्द प्रसाद पौड्याल, यातायात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष राम प्रसाद सुवेदी, होटल व्यवसायी महासंघ नेपालका सल्लाहकार गोविन्द प्रसाद तिवारी, संस्थाका संचालक समितिका सदस्यहरु षडानन्द लामिछाने, होमनाथ सापकोटा, ध्रुवकुमार ओझा साथै लेखा समितिका सदस्य कृष्णहरि तिमल्सेनाले शुभकामना मन्तब्य राख्नुभएको थियो । संस्थाका सचिव शारदा शर्मा पौडेलले संचालन गर्नुभएका उक्त कार्यक्रम संस्थाका अध्क्षय दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

हंसका सदस्यलाई कृषि सम्बन्धि क्षमता र सीप विकास तालिम 

भरतपुर, (२०८०/०३/०४)
चितवन जिल्लामा आफ्ना सदस्यहरुलाई वित्तिय तथा गैर वित्तिय सेवा प्रदान गरिरहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र भरतपुर महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखाको संयुक्त आयोजनामा कृषि सम्बन्धी क्षमता तथा सीप विकास तालिम कार्यक्रम सोमबार विजयानागरमा शुरु भएको छ । तीन दिने तालिमको  उद्देश्य सहकारी संस्थाका सदस्यहरूलाई कृषिको क्षेत्रमा महत्वपूर्ण ज्ञान र सीपहरू प्रदान गर्ने रहेको छ। 

IMG 1020 1

हंस बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा  भरतपुर महानगरपालिका वडा नं १६ का वडाध्यक्ष अमृतराज हमालको प्रमुख अतिथ्यतामा  तालिम कार्यक्रम उदघाटन गरिएको थियो । 


कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले भने, "प्रशिक्षणले हंसका सदस्यहरूलाई कृषि चुनौतीहरू पार गर्न र उत्पादकत्वमा उल्लेखनीय सुधार गर्न आवश्यक सीपहरू प्रदान गर्नेछ। साथै नवप्रवर्तन र दिगो कृषि अभ्यासहरूको संस्कृतिलाई बढावा दिन प्रयासरत रहेका छौं ।"

IMG 0992 1

प्रमुख अतिथि अमृतराज हमालले स्थानीय कृषि क्षेत्रमा परिवर्तन ल्याउने सम्भावनालाई जोड दिँदै तालिम कार्यक्रम आयोजना गरेकोमा संस्थाको सराहनीय कार्यको प्रशंसा गरे । उनले भने "क्षमता विकासमा लगानी गर्नु हाम्रा कृषकहरूलाई सशक्तिकरण गर्नको लागि महत्वपूर्ण कदम हो। उनीहरूलाई ज्ञान र सीपले सुसज्जित गरेर हामी उनीहरूको जीविकोपार्जन बढाउन र हाम्रो समुदायको समग्र विकासमा योगदान दिन सक्छौं।"

IMG 0996 1

संस्थाकी  सचिव शारदा शर्मा पौडेलले संचालन गरेको कार्यक्रमको उद्घाटन सत्रमा  संस्थाका संचालक सदस्य   तथा विजयनगर सेवा केन्द्रका संयोजक ध्रुवकुमार ओझा, संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटा, सेवा केन्द्रका सदस्य रमा ढुंगानालगायत शुभकामना मन्तब्य राख्नु भएको थियो ।

संस्थाका ३० जना सदस्यको सहभागिता रहेको उक्त तालिमले  कृषि सीप र अभ्यासहरू बढाउने अपेक्षा आयोजकले राखेको र  आधुनिक खेती प्रविधिहरू, कुशल बाली व्यवस्थापन, माटोको उर्वरता वृद्धि, कीट नियन्त्रण उपायहरू, कृषि औजार र मेसिनरीहरूको उच्चतम उपयोग बारे तालिम केन्द्रित रहने तालिमक प्रमुख प्रशिक्षक अन्जु शाहले बताइन। 

संस्थामा हाल ४ हजार ६ सय जना सदस्य रहेको तथा संस्थाले ४ वटा सेवाकेन्द्र मार्फत सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरिरहेको जानकारी संस्थाका प्रवन्धक नारायण प्रसाद सापकोटाले दिए।