About Us

new logo1

परिचय

हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भई नेपाल सरकारबाट आफ्ना शेयर सदस्यहरुमा वित्तीय कारोबार गर्न इजाजत प्राप्त बहुउद्देश्यीय सहकारी संस्था हो । यस संस्थाको स्थापना २०५६ साल चैत्र महिनाको २० गतेका दिन भरतपुर–३, सहिदचोकमा भएको थियो । २२ वर्ष अगाडि स्थापना भएता पनि विविध कारणले गर्दा सुषुप्त रहेको यस संस्थाले २०६७ साल मंसिर महिनाको २७ गतेका दिन सहकारी विभागद्धारा जारी गरिएको मापदण्डभित्र रहदै आफ्ना १५३ जना शेयर सदस्यहरुबाट बचत संकलन गर्ने, बचतमा निश्चित ब्याज प्रदान गर्ने तथा सर्वसुलभ व्याजदरमा ऋण उपलव्ध गराउनुका साथै आयमुलक व्यावसायिक कार्य गर्ने उद्देश्यले नयाँ व्यवस्थापनका साथ आफ्नो कारोबारलाई पुनः सुचारु ग¥यो । हाल यो संस्था चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १, सहिदचोक नारायणगढमा रही २०७८ आषाढ मसान्तसम्ममा आफ्ना ३६४५ जना शेयर सदस्यहरुबाट ९ करोड १३ लाख २३ हजार पूंजी र २ अर्व ५५ करोड ८८ लाख ४७ हजार निक्षेप संकलन तथा ५९ करोड ९६ लाख ७२ हजार ऋण लगानी गरी सेवा प्रदान गर्दै आइरहेको छ ।

समुन्नत चितवनको परिकल्पनासहित उद्यमशीलता विकास, व्यावसायिक हित र अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रको प्रवद्र्धन गर्ने प्रष्ट साेंचाइका साथ सुचारु गरिएको यस संस्थामा जिल्लाका प्रतिष्ठित उद्योगी व्यवसायी, डाक्टर, ईन्जिनियर, पेशाकर्मी, राजनीतिज्ञ समाजसेवी लगायत हरेक तह र तप्कामा रहेका व्यक्तित्वहरु हुनुहुन्छ ।

बजार क्षेत्रमा रहेता पनि ग्रामिण परिवेशमा जिल्लाभरि नै आफ्नो सेवा विस्तार गर्ने क्रममा अगाडि बढिरहेको यस संस्थाले आफ्नो पुनस्र्थापनाको छोटो समयमा शेयर रकम तथा सदस्य संख्यामा उल्लेख्य बृद्धि गर्नुका साथै कारोबारमा बिस्तार गरी आफ्ना शेयर सदस्यहरुलाई मुनाफा वितरण गर्न सफल भएको छ । संस्थाले शेयर सदस्यको सहजता र मागलाई ध्यानमा राख्दै विजयनगर र रत्ननगर टाँडीमा सेवा केन्द्र समेत सञ्चालन गरिरहेको छ । निकट भविष्यमा नै मेघौली–जितपुर सेवा केन्द्र समेत सञ्चालनका लागि तयारी भइरहेको छ भने माडी नगरपालिकामा समेत सेवाकेन्द्र खोल्ने लक्ष्य लिएको छ ।

शेयर पूजी

यस संस्थाको रु. १०० दरका जम्मा २,५८,००० कित्ता शेयर बराबर २ करोड ५८ लाख रहेकोछ ।

हाम्रो प्रतिबधता

चितवन जिल्लामा समाजमा केही गर्छु भन्ने भावना बोक्नु भएका जिल्लाबासीहरुको सानो–सानो रकम निक्षेप संकलन गरी जिल्लाको बृहत्तर विकास निर्माणमा योगदान पु-याउन यो सहकारी संस्था कटिबद्घ भएको विश्वास दिलाउन चाहन्छौ । पारदर्शी हिसाबले सदस्यहरुबीच संस्थाको आर्थिक तथा व्यवस्थापन समबन्धी जानकारी गराउन ३/३ महिनामा भेला गर्ने र नयाँ कार्यक्रम अगाडी ल्याउने पनि रहेको छ ।