हंसको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

यस हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका संस्थापक सचिव श्री लेखराज पन्त (हरि) स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नं. १२ को वडा अध्यक्षमा निर्वाचित हुनुभएकोमा उहाँलाई संस्थाको तर्फबाट सोमबार एक कार्यक्रमका बीच बधाई, सम्मान तथा शुभकामना प्रदान गरेको छ । संस्थाको प्रधान कार्यालय शहिदचोक नारायणगढमा आयोजीत कार्यक्रममा प्रमुख अथिति समेत रहनु भएका अध्यक्ष पन्तले आफू निश्वार्थ भावनाले जनताको सेवा गर्ने र आफ्नो तलब समेत सामाज सेवामा समर्पित गर्ने बताउनु भयो । साथै आफू सहकारी कर्मी समेत भएकाले महानगरपालिका संग समन्वय गरेर सहकारी क्षेत्रको लागि बिभिन्न कार्यक्रम गर्ने बताउनु भयो । कार्यक्रममा संस्थाका अध्यक्ष श्री दिनेश कुमार चुकेले हंस सहकारीलाई यहाँसम्म पुर्याउनको लागि संस्थाका पूर्व सचिव लेखराज पन्तको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । साथै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्री प्रमोदकुमार श्रेष्ठ, संचालक प्रा. डा. होमनाथ सापकोटा, लेखा सुपरिवेक्षण समिति संयोजक श्री गोविन्द प्रसाद पौडेल लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । संस्थाका उपध्यक्ष श्री बाबुराम अधिकारीले स्वागत मन्तब्य राख्नुभएको उक्त कार्यक्रमकको संचालन सचिव श्री शारदा शर्मा पौडेलले गर्नुभएको थियो । कार्यकममा संस्थाका विभिन्न समिति, उपसमितिका पदाधिकारी, सदस्य एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष श्री दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रधान कार्यालय नारायणगढमा रहेको संस्थाको हाल सौराहा चोक टाँडी, र विजयनगरमा गरी दुईवटा सेवाकेन्द्र मार्फत सदस्यहरुलाई सेवा प्रवाह गरिएको छ भने निकट भविष्यमा नै जितपुर, मेघौली सेवाकेन्द्रको समेत संचालन गरिने भएको छ । जसमध्ये विजयनगर र जितपुरमा संस्थाको आफ्नै भवन रहेको छ । हाल संस्थामा ४०२८ जना सदस्य रहेका छन् भने संस्थाको सेयर पुँजी १० करोड २३ लाख, निक्षेप ६६ करोड, ऋण लगानी ६५ करोड, संस्थागत पुँजी ३ करोड ५० लाख र कुल सम्पति ८९ करोड रहेको संस्थाका प्रवन्धक नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।