हंस सहकारीको अवलोकन

भरतपुर महानगरपालिका वडा नं. १, नारायणगढमा मुख्य कार्यालय रहेको हंस  बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले  चितवन उद्योग संघको प्रदर्शनी स्थलमा आयोजित बृहत अन्तर्राष्ट्रिय औधोगिक प्रदर्शनीमा आइतबार सहभागी जनाई अध्ययन अवलोकन गरेको छ। 344297894 237518825539236 4966934439737225937 nसंस्थाले बहुउद्देश्यीय प्रकृतिको ब्यबसाय संचालन गर्ने योजना बमोजिम कुनै नयाँ उद्धोग ब्यबसायको लागि अध्ययन गर्न सहभागी भएको जानकारी संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी गराउनु भयो।  उहाँले अवलोकनबाट संस्थागत उद्धोग वा ब्यबसाय गर्नको लागि केही मात्रामा भय पनि आइडिया आएको, केहि सिक्ने र बुझ्ने मौका पाइएको  र थप हौसला मिलेको बताउनु भयो।  संस्थाका अध्यक्ष  दिनेश कुमार चुकेको नेतृत्वमा  गरिएको अवलोकनमा सचिव शरदा शर्मा पौडेल, संचालक सदस्य प्राडा होमनाथ सापकोटा, पदपूर्ति उपसमितिका सदस्यहरु जगन्नाथ न्यौपाने, ओम लामिछाने, महिला उपसमिति सदस्य लक्ष्मी लामिछाने तथा प्रबन्धक नारायण प्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो।