हंस सहकारीद्वारा वार्षिकोत्सवमा मानवसेवा आश्रममा आश्रितलाई खाना खुवाउने कार्यक्रम

चितवन/भरतपुर १, शहीदचोक, नारायणगढमा प्रधान कार्यालय रहेको चितवनको प्रतिष्ठित हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारी नारायणगढस्थित मानवसेवा आश्रममा आश्रितहरुलाई खाना खुवाउने कार्यक्रम राखेको छ । सस्थाले वार्षिकोत्सवको अवसरमा आज साझँ आश्रममा आश्रित लक्ष्मीनारायाणहरुलाई खाना बितरण गरेको हो ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष बाबुराम अधिकारीले एक छाकको खाना बराबरको रकम आश्रमकी सेवीका आरती बुढाथोकीलाई हस्तान्तरण गर्नुभएको थियो । सस्थाका सचिब शारदा शर्मा पौंडेल, सञ्चालकद्वय प्रा.डा. होमनाथ सापकोटा र सूर्य बराल, पदपुर्ति उपसमितीका सदस्य जगन्नाथ न्यौपाने, सस्थाका ब्यबस्थापक नारायाण प्रसाद सापकोटा लगाएतका कर्मचारीको उपस्थितीमा सो खाना रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै सस्थाका उपाध्यक्ष अधिकारीले हसं बहुउद्देश्यीय सहकारीले आफ्नो ब्यबसायीक धर्मका साथ साथै बिगत स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायीत्व पुरा गरिरहेको जानकारी गराउदै मानवीय सेवाका कामहरुमा समेत हसं एककदम अगाडी रहेको जानकारी दिनुभयो । कार्यक्रममा आश्रमका सेविका दिदीले तिलक लगाई कार्यक्रममा स्वागत गर्नु भएको थियो ।