हंसको व्यवसायीसंग भेटघाट तथा शुभकामना कार्यक्रम

२४ असोज, भरतपुर–

भरतपुर–०१, शहीदचोक, नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थानीय व्यवसायीसंग भेटघाट तथा विजयादशमी बिशेष शुभकामना आदान प्रदान कार्यक्रम बुधबार नारायणगढमा सम्पन्न गरेको छ । सदस्यसंग नजिकको सम्बन्ध राख्ने तथा सदस्य बिस्तार गर्ने संस्थाको वार्षिक कार्यक्रम अनुसार नारायणगढ बजार क्षेत्र अन्तर्गत गंगोत्री मार्ग र जुन हल रोडका व्यवसायीको उपस्थितिमा सो कार्यक्रम गरिएको थियो ।

IMG 5101 copy

कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले  व्यवसायीका सुख दुखमा सधै साथ रहेको र वर्तमान असहज परिस्थितिमा पनि हंसले व्यवसाय विस्तार गर्नको लागि नियमित कर्जा प्रवाह गरी रहेको बताए । कार्यक्रममा संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले संस्थाको संक्षिप्त जानकारी सहित संस्थाबाट प्रदान गरिएका सेवा सुबिधाको बारेमा प्रस्तुतीकरण गरेका थिए । सहकारीको वर्तमान अवस्था, स्थानीय व्यवसायमा परेको प्रभाव र खेलिरहेको आर्थिक गतिशीलताका बारेमा विस्तृत जानकारी सहित  आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न संस्था प्रतिबद्ध रहेको बताए । उनले संस्थाले हाल चार ओटा अस्पताल र दश ओटा व्यावसायिक संघ संस्थासंग सम्झौता गरी सदस्यहरुलाई छुट सेवा प्रदान गरिरहेको जानकारी दिए ।

IMG 4980 1

कार्यक्रममा संस्थाका लेखा समिति संयोजक गोविन्द प्रसाद पौड्याल, यातायात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष राम प्रसाद सुवेदी, होटल व्यवसायी महासंघ नेपालका सल्लाहकार गोविन्द प्रसाद तिवारी, संस्थाका संचालक समितिका सदस्यहरु षडानन्द लामिछाने, होमनाथ सापकोटा, ध्रुवकुमार ओझा साथै लेखा समितिका सदस्य कृष्णहरि तिमल्सेनाले शुभकामना मन्तब्य राख्नुभएको थियो । संस्थाका सचिव शारदा शर्मा पौडेलले संचालन गर्नुभएका उक्त कार्यक्रम संस्थाका अध्क्षय दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न भएको थियो ।